ग्लोबल


ट्रम्पले फेरि भने: भारत–पाकिस्तान युद्ध मैले रोकेर मात्र, नत्र...

ट्रम्पले फेरि भने: भारत–पाकिस्तान युद्ध मैले रोकेर मात्र, नत्र...

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
भदौ १०, २०८२ मंगलबार ८:७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान द्वन्द्वसहित विश्वका सात युद्ध आफूले रोकेको दाबी गरेका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मैले यी सबै युद्ध रोकेको छु। यीमध्ये सबैभन्दा ठूलो भारत र पाकिस्तानबीचको युद्ध हुने थियो।’

ट्रम्पले थपे, ‘भारत र पाकिस्तानबीचको युद्ध आणविक युद्धमा परिणत हुन सक्थ्यो। उनीहरूले पहिले नै ७ वटा लडाकु विमान खसालिसकेका थिए, यो धेरै भयानक थियो। अनि मैले भनेँ- के तपाईं व्यापार गर्न चाहनुहुन्छ? तपाईं लडिरहनुभयो भने हामी तपाईंसँग कुनै व्यापार गर्नेछैनौँ। तपाईंसँग यसलाई समाधान गर्न २४ घण्टा छ। त्यसपछि उनीहरूले भने- ठिक छ, अहिले कुनै युद्ध भइरहेको छैन।’

तर ट्रम्पले खसालिएका विमान भारत वा पाकिस्तानका हुन् वा दुवै देशका भन्ने कुरा स्पष्ट पारेका छैनन्। 

ट्रम्पले भारत र पाकिस्तानको लडाइँ आफूले रोकेको भनेर पटकपटक दाबी गरे पनि भारतले भने यसमा कसैको हात नरहेको यसअघि नै बताइसकेको छ। यद्यपि पाकिस्तानले भने ट्रम्पलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad