ग्लोबल


बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर, अमेरिकाले जारी गर्‍यो सूचना

बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर, अमेरिकाले जारी गर्‍यो सूचना

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ८:१८, काठमाडौँ

अमेरिकाले भारतका सामानमा बुधबार (अगस्ट २७) देखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत भारतविरुद्ध थपिएको कर बुधबारदेखि लागु हुने भएको हो। 

यस विषयमा अमेरिकाको गृह सुरक्षा विभागले आज नयाँ भन्सार करसहित सूचना जारी गरेको छ। 

अब योसँगै भारतबाट अमेरिका भित्रिने सामानका लागि ५० प्रतिशत भन्सार शुल्क लाग्नेछ। 

अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहेको कारण देखाउँदै भन्सार कर बढाएको हो। ताकि भारतले रुसबाट तेल किन्न बन्द गरोस्। 

भारतले भने ‘यो कार्य अनुचित र तर्कहीन’ भएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad