मध्य म्यानमारमा धार्मिक उत्सवका क्रममा प्याराग्लाइडबाट बम खसाल्दा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
जनरल डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले सोमबार साँझ चाउङ-यू टाउनसिपमा आयोजित थाडिङयुत उत्सवमा लगभग १०० जना सहभागी भएको बताए।
त्यही बेला प्याराग्लाइडबाट दुईवटा बम खसालिएको अधिकारीहरूले बताएका छन्।
उक्त उत्सव बौद्ध परम्परासँग जोडिएको थियो। यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि थियो।
सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्र संघको अनुमानअनुसार द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक मारिइसकेका छन्।
195
Shares

प्रतिक्रिया