शुक्रबार बिहान फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।
मिन्डानाओ क्षेत्रमा गएको भूकम्पपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी जारी गरेका छन्।
अधिकारीहरूका अनुसार, फिलिपिन्सको तटीय क्षेत्रमा ३ मिटर (१० फिट) अग्ला सुनामी छाल आउने अनुमान गरिएको छ।
यसैबीच भूकम्पको उद्गमस्थल मिन्डानाओ क्षेत्रबाट ३०० किलोमिटर टाढा इन्डोनेसियामा सुनामी चेतावनी जारी गरिएको छ।
यो चेतावनी उत्तरी सुलावेसी र पपुवाका इन्डोनेसियाली क्षेत्रका लागि जारी गरिएको बीबीसीले जनाएको छ।
फिलिपिन्सका अधिकारीहरूका अनुसार, स्थानीय समय ११:४३ बजे सुनामी छाल आउने अनुमान छ।
ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई ‘तुरुन्तै उच्च जमिनमा सर्न’ आग्रह गरेको छ।
96
Shares

प्रतिक्रिया