इजरायली मिडियाका अनुसार हमासले गाजामा रेडक्रसका अधिकारीहरूलाई सात इजरायली बन्धक हस्तान्तरण गरेको छ।
यद्यपि, इजरायली सेना वा रेडक्रसले अहिलेसम्म कुनै विज्ञप्ति जारी गरेको छैनन्।
समाचार एजेन्सी रोयटर्सले अपरेसनमा संलग्न एक अधिकारीलाई उद्धृत गर्दै इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको पुष्टि गरेको छ।
यसअघि, रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई फिर्ता लिन गएको रिपोर्ट गरिएको थियो।
रेडक्रसका अधिकारीहरूलाई उत्तरी गाजा पट्टीबाट बन्धकहरूलाई इजरायल ल्याउने काम तोकिएको छ।
जहाँ ती बन्धकहरूलाई इजरायलबाट एक किट दिइनेछ, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी श्रीमती सारा नेतन्याहुले लेखेको पत्र, ल्यापटप, मोबाइल फोन, ट्याब्लेट र कपडा हुनेछन्।
891
Shares

प्रतिक्रिया