ग्लोबल


पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टाको युद्धविराम

पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टाको युद्धविराम

नेपालखबर
असोज २९, २०८२ बुधबार २०:२३, काठमाडौँ

पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानस्थित तालिबान सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ।

बीबीसी उर्दुका अनुसार, तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, आज साँझ ६ बजे (स्थानीय समय) देखि युद्धविराम लागु भएको हो। तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताका लागि अनुरोध गरेको छ।

पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागु भइरहेको दाबी गरेको छ भने अफगान तालिबानका प्रवक्ताले पाकिस्तानको अनुरोधमा चाहिँ युद्धविराम लागु भइरहेको दाबी गरेका छन्।

यसअघि बुधबार पाकिस्तानले धेरै अफगान चौकी ध्वस्त पारेको दाबी गरेको थियो।

पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै अफगान तालिबानले अक्टोबर १५ को बिहान आक्रमण गरेको र जवाफी कारबाहीमा १५-२० आक्रमणकारी मारिएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad