आईसीसी टी–२० विश्वकपमा छनोट भएको नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो।
आजको खेलमा लोकेश बमलाई मौका दिइएको छ।
छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग भिड्दै छ।
ओमानलाई हराएर नेपाल अपराजित रहँदै नेपाल ट्रफी जितेर स्वदेश फर्कन चाहन्छ। सुपर सिक्समा नेपाल र ओमान मात्र अहिलेसम्म अपराजित टोली हुन्।
सुपर सिक्समा ३ खेलबाट ओमान र नेपालको समान ६ अंक छ। तर नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छन्।
सुपर सिक्समा यूएईविरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो।
समूह चरणमा नेपालले जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले जितेको थियो।
सुपर सिक्समा ओमानले यूएईलाई ५ विकेट र कतारलाई ३४ रनले हराएको थियो।
Shares

प्रतिक्रिया