ग्लोबल


हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम अवज्ञा गरे समाप्त हुनेछौ

हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम अवज्ञा गरे समाप्त हुनेछौ

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १२:५८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई नयाँ चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै युद्धविराम उल्लंघन गरेर लडाइँ जारी राखे हमासलाई ध्वस्त पारिदिने चेतावनी दिएका हुन्। 

उनले लेखेका छन्, ‘यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने हामीसँग उनीहरूलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प हुनेछैन।’

यसअघि ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्ने कुरा अस्वीकार गरेका थिए।

हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपछि गाजामा मानिसहरू आफ्नो घर फर्किरहेका छन्।

अमेरिकाकै मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार यही अक्टोबर १० स्थानीय समय दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ।

यसबीच हमासले इजरायललाई अहिलेसम्म २० जीवित बन्धक फिर्ता गर्‍यो भने ९ शव हस्तान्तरण गरेको छ। अझै उसले १९ शव दिन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad