ग्लोबल


रुस-युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता, टोमाहक मिसाइलबारे के भयो कुरा?

रुस-युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता, टोमाहक मिसाइलबारे के भयो कुरा?

नेपालखबर
कात्तिक १, २०८२ शनिबार ८:२२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। बैठकको विषय रुस-युक्रेन युद्ध थियो।

बीबीसीका अनुसार बैठकका क्रममा जेलेन्स्कीले अमेरिकाबाट टोमाहक क्रुज मिसाइलको माग गर्ने अपेक्षा गरिएको थियो, तर उनी खाली हात फर्किए। जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन जोड दिइरहेका छन्।

ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल प्रदान नगर्ने संकेत गरे। यद्यपि उनले भविष्यमा उक्त मिसाइल प्रदान गर्ने सम्भावनालाई अस्वीकार गरेनन्।

ट्रम्पले भने, ‘आशा छ, उनीहरूलाई त्यसको आवश्यकता पर्दैन। हामी टोमाहकबारे नसोचीकन पनि युद्ध अन्त्य गर्नेछौँ।’

उनले थपे, ‘मिसाइल पठाउँदा तनाव बढ्ने छ, तर हामी यस विषयमा कुरा गर्नेछौँ।’

जेलेन्स्कीका अनुसार ट्रम्पसँग लामो दूरीका मिसाइलबारे छलफल भयो। 

तर यस विषयमा टिप्पणी नगर्ने निर्णय भएको सुनाउँदै उनले भने, ‘किनभने अमेरिका तनाव बढाउन चाहँदैन।’

बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत रुस र युक्रेनलाई ‘जहाँ छौ, त्यहीँ रोकिन’ र युद्ध अन्त्य गर्न अपिल गरेका छन्।

एक दिनअघि मात्र ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनमा कुरा भएको थियो। त्यस क्रममा दुई नेता हंगेरीमा भेट्न सहमत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad