ग्लोबल


रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु

रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ६:३, काठमाडौँ

रुसले युक्रेनका ऊर्जा प्रतिष्ठान र आवासीय क्षेत्रमा सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार शुक्रबार राति डिनिप्रो सहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भयो भने १२ जना घाइते भए। यस्तै जापोरिजियामा तीन जनाको मृत्यु भएको छ।

रुसले युक्रेनको राजधानी किएभसहित २५ क्षेत्रलाई निसाना बनाएको थियो। आक्रमणपछि धेरै क्षेत्रमा बिजुली काटिएको थियो।

युक्रेनका प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा पोल्टाभा, खार्किभ र किएभ क्षेत्रका प्रमुख ऊर्जा प्रतिष्ठानमा क्षति भएको र बिजुली पुनर्स्थापित गर्ने प्रयास भइरहेको बताएकी छन्।

यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले शुक्रबार राति ७९ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।

युक्रेनी वायु सेनाका अनुसार, रुसले ४५० भन्दा बढी बमवर्षक ड्रोन र ४५ क्षेप्यास्त्र प्रहार गरेको थियो। यीमध्ये नौ क्षेप्यास्त्र र ४०६ ड्रोन खसालिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad