ग्लोबल


दिल्ली विस्फोटका आरोपितको अर्को सीसीटीभी फुटेज सार्वजनिक

दिल्ली विस्फोटका आरोपितको अर्को सीसीटीभी फुटेज सार्वजनिक

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ४:५०, काठमाडौँ

दिल्ली बम विस्फोटका योजनाकार ठानिएका डा. मोहम्मद उमर नबीको अर्को सीसीटीभी फुटेज सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भिडिओ दिल्ली बम विस्फोट हुनुभन्दा १२ दिनअघिको हो।

अक्टोबर २९ मा फरिदाबादको एक पसलमा रहेका उमरले आफ्नो फोन पसलेलाई चार्ज गर्न दिइरहेको देखिन्छ।

यसैबीच दिल्ली प्रहरीले फरदाबादको अल-फलाह विश्वविद्यालयविरुद्ध दुईवटा एफआईआर दर्ता गरेको छ। यो विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र राष्ट्रिय मूल्यांकल तथा मान्यता परिषद् (एनएएसी) को कारबाहीपछि दर्ता गरिएका हुन्।

पहिलो एफआईआर धारा १२ को उल्लंघनका लागि दर्ता गरिएको हो भने दोस्रो विश्वविद्यालयको नक्कली मान्यताको दाबीसँग सम्बन्धित छ।

गत सोमबार (नोभेम्बर १०) साँझ ६:५२ बजे दिल्लीको लालकिल्ला मेट्रो स्टेसनको पार्किङ स्थलनजिकै एउटा आई२० कार विस्फोट हुँदा १३ जनाको मृत्यु भइसकेको छ भने २० व्यक्ति घाइते छन्।

त्यो कार उनै उमरले चलाएको दाबी गरिएको छ। तथापि उनी पनि त्यही विस्फोटमा मरे।

घाइतेहरूको दिल्लीका विभिन्न अस्पतामा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad