ग्लोबल


जापानमा ७.६ म्याग्निच्युडको भूकम्प

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ५:४७, काठमाडौँ

सोमबार जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको छ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो। 

शक्तिशाली भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको थियो। 

जापानी मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।

एजेन्सीले होक्काइडोको उराकावा सहर र आओमोरीको मुत्सु ओगावारा बन्दरगाहमा ४० सेन्टिमिटरसम्मका छाल रेकर्ड गरिएको बताएको छ।

जापानको सरकारी समाचार च्यानल एनएचकेका अनुसार आओमोरीको हाचिनोहे सहरको एक होटलमा धेरै व्यक्ति घाइते भएका छन् र यस क्षेत्रमा रहेका आणविक ऊर्जा प्लान्टमा सुरक्षा निगरानी भइरहेको छ।

प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारले क्षतिको द्रुत मूल्यांकन गर्न आपत्‌कालीन कार्यदल गठन गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad