मेक्सिकोको ओक्साकामा रेल लिकबाट बाहिरिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने झन्डै १०० जना घाइते भएका छन्।
मेक्सिकन नौसेनाले दिएको जानकारीअनुसार रेलमा २४१ यात्रु र ९ जना चालक दलका सदस्य थिए।
नौसेनाले दुर्घटनामा ९८ जना घाइते भएको जनाएको छ, जसमध्ये ३६ जनालाई अस्पताल लगिएको छ।
अधिकारीहरूका अनुसार, रेल निजाना सहरनजिकैको घुम्तीमा लिकबाट बाहिरिएको हो।
मेक्सिकोका महान्यायाधिवक्ताले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका छन्।
मेक्सिकोको राष्ट्रपति क्लाउडिया सेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छन्। बीबीसी
63
Shares

प्रतिक्रिया