ग्लोबल


विदेशी मिडियामा ओली : बालेन पार्टीमा लाग्नु राम्रो तर प्रधानमन्त्री बन्ने कुरा कफी पसलको चर्चा

विदेशी मिडियामा ओली : बालेन पार्टीमा लाग्नु राम्रो तर प्रधानमन्त्री बन्ने कुरा कफी पसलको चर्चा

नेपालखबर
पुस ३०, २०८२ बुधबार १५:२२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँका मेयर बालेन शाह प्रधानमन्त्री बन्ने कुरा कफी पसलको चर्चा मात्र भएको बताएका छन्। यद्यपि, उनी पार्टीमा लाग्नु सकारात्मक भएको ओलीको भनाइ छ।

‘उनी राजनीतिक दलमा आएका छन्। म त्यसको सम्मान गर्छु। दलमा लागेपछि जनतामा जानुपर्ने हुन्छ। जनताप्रति जवाफेदही हुनैपर्ने हुन्छ। यो राम्रो कुरा हो,’ ओलीले भनेका छन्, ‘तर, प्रधानमन्त्री बन्ने कुरा काल्पनिक कुरा हो, सहरको, कफी पसलको चर्चा हो, त्यसमा म सहभागी हुन चाहन्नँ।’

गीत गाउन, खेलाडी बन्न युवा चाहिए पनि देश चलाउने कुरा अलग भएको उनको तर्क छ। विश्वका प्रमुख राष्ट्रहरु ७० माथिका नेताहरुले चलाएको उदाहरण दिँदै ओलीले त्यसका लागि अनुभव चाहिने बताए।

भदौको जेनजी आन्दोलाई उनले योजनाबद्ध भएको आरोप लगाए। तर, कसको योजना भन्ने चाहिँ खुलाउन सकेनन्। 

‘यो स्वाभाविक थिएन। सुनियोजित थियो,’ ओलीको दाबी छ। 

श्रीलंका र बंगलादेशमा भएका सत्ता परिवर्तनसँग नेपालको घटनाको समानता छ त भन्ने प्रश्नमा उनले केही समानता रहेको बताए।

‘यहाँ पनि बंगलादेश र श्रीलंकाजस्तो हुन्छ भनेर मान्छेहरुले भनिरहेकै थिए। वर्षौंको तयारी थियो। जेनजीको नाममा आन्दोलन गरियो। त्यसलाई रोक्न हाम्रो क्षमताले सकेन,’ ओलीको भनाइ छ।

श्रीलंका र बंगलादेशका नेता विदेश भाग्दा तपाईं भाग्नुभएन भन्ने प्रश्नमा ओलीको जवाफ छ, ‘भाग्नुपर्ने कुनै कारण थिएन। मैले आफ्नो देश, जनता र मानवताविरुद्ध काम गरेको छैन। म आफ्नो जनतालाई विश्वास गर्छु।’

‘मेरो पालामा चीनसँग राम्रो सम्बन्ध थियो। चीनसँगको मित्रता यथार्थ हो, भारतसँगको मित्रता यथार्थ हो। मैले कुनै मुलुकविरुद्ध काम गरिनँ,’ ओलीले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad