ओमानको राजधानी मस्कटमा शुक्रबार इरान र अमेरिकाका अधिकारीहरूबिच वार्ता सम्पन्न भएको छ।
वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सरकारी टेलिभिजनमा वार्ताकारहरू परामर्शका लागि आआफ्नो राजधानी फर्कने बताएका छन्।
तर उनले वार्तालाई 'राम्रो सुरुवात' भनेका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन्, 'वार्ता जारी राख्न दुई पक्षिबीच सम्झौतासँगै बैठक सम्पन्न भयो। दुवै पक्षले आआफ्ना दृष्टिकोण र मागहरू प्रस्तुत गरे। अनि आफ्ना नेताहरूसँग परामर्श गरेपछि अर्को चरणको वार्ताबारे निर्णय गर्न सहमत भए।'
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन् भने इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्नेजस्ता मागमा सम्झौता नहुने अडान लिइरहेको छ।
Shares

प्रतिक्रिया