ग्लोबल


इस्लामिक स्टेटले भन्यो: इस्लामाबादमा ३१ जनाको ज्यान जानेगरी विस्फोट गराउने हामी हौँ

इस्लामिक स्टेटले भन्यो: इस्लामाबादमा ३१ जनाको ज्यान जानेगरी विस्फोट गराउने हामी हौँ

इस्लामाबादको विस्फोट स्थलमा सुरक्षाकर्मी र अनुसन्धान अधिकारी।


नेपालखबर
माघ २४, २०८२ शनिबार २०:३९, काठमाडौँ

पाकिस्तानको राजधानी इस्लामाबादस्थित मस्जिदमा ३१ जनाको ज्यान जाने गरी शुक्रबार भएको आत्मघाती विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ।

इस्लामाबादको तरलाई क्षेत्रस्थित खादिजात-ए-कुबरा मस्जिदमा शुक्रबार प्रार्थनाका भइरहेका बेला विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भयो भने १६० भन्दा बढी घाइते भएका छन्।

बीबीसी मनिटरिङका अनुसार आईएसआईएसको टेलिग्राम च्यानलमा उक्त हमला आफ्नो समूहले गरेको दाबी गरिएको छ।

त्यसमा भनिएको छ, ‘उक्त आक्रमणमा पाकिस्तानमा सक्रिय आईएसआईएस समूहको हात छ र यो आत्मघाती बम विस्फोट थियो।’

आईएसआईएसको समाचार एजेन्सी अमाकले पनि विज्ञप्ति जारी गर्दै नकाबधारी आक्रमणकारीको तस्बिर सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad