ग्लोबल


अमेरिकामा भीषण हिमपात: ११ हजार उडान रद्द, ५ लाख घरमा बिजुली बन्द (५ तस्बिर)

अमेरिकामा भीषण हिमपात: ११ हजार उडान रद्द, ५ लाख घरमा बिजुली बन्द (५ तस्बिर)

नेपालखबर
फागुन १३, २०८२ बुधबार १३:३२, काठमाडौँ

अमेरिकामा तीव्र आँधीसहितको भारी हिमपातका कारण विमानस्थल बन्द हुँदा हजारौँ उडान रद्द गरिएका छन्। आइतबारदेखि मंगलबारसम्म ११ हजार ५५ भन्दा बढी उडान स्थगन भइसकेका छन्।

उडान ट्र्याकिङ कम्पनी फ्लाइटअवेयरका अनुसार सोमबार मात्र ५,६०० देखि ५,७०० सम्म उडान रद्द गरिए, अमेरिकाभरका सबै उडानको लगभग २० प्रतिशत हो।

अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा झन्डै ३७ इन्चसम्म हिउँ जमेको छ।

हिमपातका कारण उत्तरपूर्वी राज्यहरूमा ६ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएका छन्। 

सोमबार साँझसम्म ५ लाख १९ हजार २३२ घर र कार्यालय बिजुलीविहीन भए।

भारी हिमपातका कारण बोस्टन ग्लोबले आफ्नो १५३ वर्षको इतिहासमा पहिलोपटक आफ्नो पत्रिका छाप्न सकेन।

किनकि हिउँका कारण कर्मचारी छापाखानामा पुग्न सकेनन्।

अमेरिकामा हिमपातका ५ तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad