ग्लोबल


गाजामा इजरायलको हमला, कम्तीमा ५ जनाको मृत्यु

गाजामा इजरायलको हमला, कम्तीमा ५ जनाको मृत्यु

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १७:३७, काठमाडौँ

गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ।

इजरायल र हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गत महिना दोस्रो चरणमा प्रवेश गरेको अमेरिकी मध्यस्थताको युद्धविरामको बाबजुद प्यालेस्टिनी क्षेत्रमा हिंसा जारी छ।

हमास अधिकारीहरूलगायत उद्धार बलको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीले एएफपीलाई मध्य गाजामा शुक्रबार भएको हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताएको छ।

मध्यरातको समयमा गाजा पट्टीको दक्षिणमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको एजेन्सीले जनाएको छ।

अक्टोबर १० देखि लागु युद्धविरामका सर्तअन्तर्गत इजरायली सेना निर्धारित स्थानबाट फर्किए पनि आधाभन्दा बढी क्षेत्र अझै नियन्त्रणमा छ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविराम सुरु भएपछि यस क्षेत्रमा निरन्तर आक्रमण जारी रहँदा कम्तीमा ६०१ जनाको मृत्यु भएको बताएको छ।

यसैबिच इजरायली सेनाले यो अवधिमा भएका आक्राणमा कम्तीमा चार जना सैनिक मारिएको बताएको छ।

गाजामा मिडिया प्रतिबन्ध र सीमित पहुँचले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या प्रमाणित गर्न वा स्वतन्त्र रूपमा वास्तविक समाचार सम्पे्रसण गर्नबाट रोकेको एएफपीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad