ग्लोबल


ट्रम्पले भने: सम्झौता गर्न नमानेपछि इरानमा ‘ठुलो युद्ध अभियान’ सुरु गर्‍यौँ

ट्रम्पले भने: सम्झौता गर्न नमानेपछि इरानमा ‘ठुलो युद्ध अभियान’ सुरु गर्‍यौँ

शनिबार बिहान इरानमा गरिएको हमला


नेपालखबर
फागुन १६, २०८२ शनिबार १३:५४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको बताएका छन्।

ट्रुथ सोसलमा पोस्ट गरिएको भिडिओमा ट्रम्पले अमेरिकाले इरानमा ‘ठुलो युद्ध अभियान’ सुरु गरेको उल्लेख गरेका छन्। 

ट्रम्पले भनेका छन्, ‘हामीले सम्झौता गर्न बारम्बार प्रयास गर्‍यौँ। हामी उनीहरूको क्षेप्यास्त्र नष्ट गर्नेछौँ र मिसाइल उद्योगलाई माटोमा मिलाइदिने छौँ।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प

यसअघि शुक्रबार डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमा आक्रमण गर्ने कि नगर्ने भन्नेबारे ‘अन्तिम निर्णय’ गरिनसकेको बताएका थिए।तर उनले जारी आणविक वार्तामा इरानको व्यवहारबाट आफू खुसी हुन नसकेको जानकारी गराएका थिए। 

‘हामीसँग जे हुनुपर्छ, त्यो दिन इरान इच्छुक छैन’, ट्रम्पले जोड दिँदै भनेका छन्, ‘इरानसँग आणविक हतियार हुनै हुँदैन।’

यस हप्ताको सुरुमा जेनेभामा अमेरिका र इरानबिच अप्रत्यक्ष वार्ता भएको थियो। दुवै पक्षले सम्झौतामा पुग्न प्रगति भएको बताए पनि कुनै ठोस सहमति हुन सकेको थिएन। 

शनिबार बिहान इरानमा गरिएको हमला

इरानमा शनिबार बिहान सुरु हमला अमेरिका र इजरायलको संयुक्त कारबाही भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

इजरायलको रक्षा बलले इरानमा आक्रमणको घोषणा गर्दै यसलाई ‘निवारक आक्रमण’ भनेको छ।

आक्रमणपछि इरानले सबै उडान ग्राउन्डेड गरेको छ र आफ्नो हवाई क्षेत्र खाली गरेको छ।

इजरायलमा हवाई आक्रमणको साइरन पनि बजिरहेको छ।

संवेदनशील क्षेत्रहरू खाली गरिँदै छन् र स्थानीयलाई घरभित्रै बस्न भनिएको छ।

आक्रमण इरानका सर्वोच्च नेता खामेनीको कार्यालयनजिकै गरिएको हो। हमलापछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad