ग्लोबल


इरानको राजधानी तेहरानमा प्यालेस्टिनी समर्थक र्‍यालीनजिकै भीषण विस्फोट

इरानको राजधानी तेहरानमा प्यालेस्टिनी समर्थक र्‍यालीनजिकै भीषण विस्फोट

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १५:३८, काठमाडौँ

इरानको राजधानी तेहरानमा शुक्रबार प्यालेस्टिनी समर्थक अल-कुद्स दिवसको र्‍यालीनजिकै विस्फोट भएको छ।

इरानको सरकारी टीभीका अनुसार र्‍याली क्षेत्रमा एकैसाथ धेरै विस्फोट सुनिएका थिए। 

तर कति जना मारिए भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी छैन।

अल-कुद्स दिवस हरेक वर्ष रमजानको अन्तिम शुक्रबार मनाइन्छ।

यो दिन प्यालेस्टाइनको समर्थन र जेरुसेलम (अल-कुद्स) को मुद्दामा विरोध प्रदर्शनका लागि परिचित छ।

तेहरानमा प्रदर्शनका क्रममा मानिसहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए।

केही ठाउँमा प्रदर्शनकारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुतला पनि जलाएका थिए।

यसै क्रममा विस्फोट भएको बताइएको छ। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

यस्तै इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad