ग्लोबल


इरानले इजरायलमा फेरि हान्यो क्षेप्यास्त्र, हेर्नुहोस् नयाँ ७ तस्बिर

इरानले इजरायलमा फेरि हान्यो क्षेप्यास्त्र, हेर्नुहोस् नयाँ ७ तस्बिर

मंगलबार मध्य इजरायलमा इरानले क्षेप्यास्त्र हानेपछि उडेको धुवाँ।


नेपालखबर
चैत १०, २०८२ मंगलबार १३:३७, काठमाडौँ

इरानले इजरायलविरुद्ध हवाई हमला तीव्र पारेको छ। 

मंगलबार पनि इजरायलका धेरै स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको इरायली रक्षा बल (आईडीएफले) जनाएको छ। 

आईडीएफले भनेको छ, ‘होम फ्रन्ट कमान्डबाट उद्धार र राहत टोली आक्रमण भएको भनी खबर आएका क्षेत्रमा पठाइएको छ। ती इलाकामा भिडभाड नगर्नू।’

इजरायलको आपत्‌कालीन सेवाको टेलिग्राममा पोस्ट गरेका तस्बिरमा भवनबाट धुवाँ निस्किरहेको देखिन्छ।

मंगलबारको आक्रमणले इजरायलमा भवनहरूमा ठुलो क्षति भएका तस्बिर सार्वजनिक भएका छन्। 

मानवीय क्षतिका विषयमा भने यो खबर लेख्दासम्म जानकारी आइसकेको छैन। 

हेर्नुहोस् इरानले मंगलबार क्षेप्यास्त्र हान्दा इजरायलमा भएको क्षति 

मंगलबार मध्य इजरायलमा इरानले क्षेप्यास्त्र हानेपछि उडेको धुवाँ।
इरानले मंगलबार क्षेप्यास्त्र हानेपछि इजरायलको राजधानी तेल अभिभमा क्षति भएको भवन।
मंगलबार इरानले इजरायलको राजधानी तेल अभिभमा भएको आक्रमणपछिको तस्बिर।
मंगलबार तेल अभिभमा इरानले क्षेप्यास्त्र हानेपछि लागेको आगो नियन्त्रण गर्ने प्रयास गर्दै अग्निनियन्त्रक।
मंगलबार इरानको आक्रमणले तेल अभिभमा भएको क्षति र उद्धारकर्मी।
मंगलबार इरानले हानेको क्षेप्यास्त्रबाट इजरायलको राजधानी तेल अभिभमा भएको क्षति।
मंगलबार इरानले क्षेप्यास्त्र प्रहार गरेपछि तेल अभिभमा क्षतिग्रस्त भवनबाट कुकुरसहित बाहिर निस्कँदै एक महिला।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad