लेबननको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायलको आक्रमणमा २०३ जनाको मृत्यु भएको छ र हजारभन्दा बढी घाइते भएको बताएको छ।
अमेरिका-इरानबिच युद्धविराम भए पनि यो लेबननमा लागु नहुने भन्दै इजरायलले हमला जारी राखेको हो।
तर मध्यस्थता गरेको पाकिस्तानले बुधबार लेबननमा पनि युद्धविराम लागु हुने बताएको थियो।
यसैबिच अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युद्धविराम सम्झौतामा लेबनन उल्लेख नभएको दाबी गरेका छन्।
उता इरानले भने आफूले अमेरिकासमक्ष पेस गरेको दशबुँदे युद्धविराम प्रस्तावमा लेबननमा पनि आक्रमण रोक्ने कुरा रहेको जिकिर गर्दै सर्त उल्लंघन गरिएको आरोप लगाएको छ।
63
Shares

प्रतिक्रिया