इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले दक्षिणी लेबननको भ्रमण गरेका छन्।
भ्रमणका क्रममा उनले लेबननमा धेरै काम गर्न बाँकी रहेको बताए।
पत्रकारसँग कुरा गर्दै नेतन्याहुले भने, ‘म यहाँ रक्षामन्त्री, चिफ अफ स्टाफ, उत्तरी कमान्ड प्रमुख, डिभिजन कमान्डर र हाम्रा रिजर्भ सेनाहरूसँग छु। यहाँका सिपाही उच्च मनोबलमा छन् र लड्न तयार छन्।’
उनले थपे, ‘लेबननी सुरक्षा क्षेत्रभित्र पनि युद्ध जारी छ, जहाँ मैले केही समयअघि भ्रमण गरेको थिएँ। हामीले यस सुरक्षा क्षेत्रका कारण लेबननबाट आक्रमणको खतरालाई रोकेका छौँ।’
नेतन्याहुले ट्यांकविरोधी आगोको खतरालाई टाढा धकेलिकरहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘हामीले धेरै काम गरेका छौँ र महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ, तर अझै काम बाँकी छ; प्रयास जारी राखिरहेका छौँ।’
अमेरिका र इरानबिच युद्धविराम भए पनि इजरायलले लेबननमा आक्रमण जारी राखेको छ।
यद्यपि गत शनिबार पाकिस्तानमा अमेरिका र इरानबिच भएको वार्ता असफल भएको छ।
Shares

प्रतिक्रिया