ग्लोबल


युद्धविरामका बिच लेबननमा हमला, २ जनाको मृत्यु

युद्धविरामका बिच लेबननमा हमला, २ जनाको मृत्यु

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ५:१५, काठमाडौँ

लेबननको सरकारी राष्ट्रिय समाचार एजेन्सीले बुधबार बताएअनुसार दक्षिणी लेबननको अल-तिरी गाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ।

यसको एक दिनअघि इजरायली सेनाले लेबननका बासिन्दालाई लितानी नदी, वादी अल-सलुकी र वादी अल-सलहानीबाट टाढा रहन चेतावनी दिएको थियो।

इजरायली सेनाले त्यहाँ 'हेजबुल्लाह आतंकवादी गतिविधि' जारी रहेको दाबी गरेको थियो।

इजरायल र लेबननबिच यही अप्रिल १६ मा १० दिनका लागि युद्धविराम घोषणा गरिएको थियो।

आज (बिहीबार) अमेरिकाको राजधानी वासिङटनमा पनि राजदूतस्तरीय वार्ता हुने कार्यक्रम छ।

हेजबुल्लाह र इजरायल दुवैले एकअर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

इजरायली सेनाले पहिले भनेको थियो- हेजबुल्लाहले दक्षिणी लेबननमा इजरायली सेनामाथि आक्रमण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad