दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा बुधबार अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार र दुर्घटनामा एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको हो।
साथै दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीका अनुसार एक जना घाइतेलाई गम्भीर चोट लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ।
उडानको केही समयपछि नै विमान विमानस्थल स्रोतसँग सम्पर्कविहीन भई दुर्घटना भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यु म्याक्र्याकेनलाई उधृत गर्दै एबीसी न्युजले जनाएको छ।
दुर्घटनापछि बाक्लो कालो धुवाँ नजिकैको क्षेत्रमा फैलिएकाले अग्नि नियन्त्रक सेवाले प्रवावित क्षेत्रका मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएको थियो।
अस्ट्रेलियाली यातायात सुरक्षा ब्युरोले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
Shares

प्रतिक्रिया