भारतीय राज्य मध्य प्रदेशको जबलपुरस्थित बरगी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको क्रुज डुंगा पल्टिँदा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ ५:४० बजेतिर खमारिया टापुनजिकै अचानक ठुलो आँधी आउँदा डुंगा पल्टिएको हो।
प्रत्यक्षदर्शीका अनुसार तीव्र हावाका कारण क्रुज डुंगाले सन्तुलन गुमायो र डुब्यो।
प्रहरीका अनुसार डुंगामा लगभग ३५ जना सवार थिए।
तीमध्ये अहिलेसम्म १५ जनालाई उद्धार गरिएको छ, जसमा धेरै जना पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन्।
सीएसपी बरगी अञ्जुल अयंक मिश्राले अहिलेसम्म चार जनाको शव निकालिएको बताए।
लगभग १२-१३ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको उनले बताए।
318
Shares

प्रतिक्रिया