इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना नागरिकलाई ‘आर्थिक लडाइँ’मा पनि संलग्न हुन अपिल गरेका छन्।
अर्को लिखित वक्तव्य जारी गर्दै उनले सैन्य युद्धमा अद्वितीय शक्ति प्रदर्शन गरेको र अब आर्थिक र सांस्कृतिक मोर्चामा पनि यस्तै भूमिका खेल्न इरानी जनतालाई आग्रह गरेका हुन्।
वक्तव्यमा मोज्तबा खामेनीले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वसामु आफ्नो अद्वितीय शक्ति प्रदर्शन गरेको छ; अब यसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि आफ्ना शत्रुहरूलाई पराजित गर्नुपर्छ।’
उनले अगाडि भनेका छन्, ‘कामदारहरूलाई समर्थन गरिनुपर्छ र स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्छ।’
हाल देशका व्यवसायीहरूले कठिनाइको सामना गरिरहेको उल्लेख गर्दै खामेनीले कर्मचारीहरूलाई हटाउने काम नगर्न निर्देशन दिएका छन्।
सर्वोच्च नेता बनेदेखि मोज्तबा खामेनी कहिल्यै सार्वजनिक रूपमा देखापरेका छैनन्। यद्यपि उनले सञ्चारमाध्यममार्फत आफ्ना लिखित वक्तव्य जारी गरिरहेका छन्।
Shares

प्रतिक्रिया