इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको दुई महिनापछि उनका डाक्टरले त्यसबेला उनको स्वास्थ्य कस्तो थियो भन्ने विषयमा बताएका छन्।
खामेनी गत फेब्रुअरी १८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलामा मारिएका थिए।
तर उनी आक्रमणमा नपरेका भए पनि उनलाई गम्भीर रोग रहेकाले उनी बाँच्ने थिएनन् भन्ने प्रश्न उठेपछि उनका चिकित्सकले स्पष्टीकरण दिएका हुन्।
बीबीसी फारसीका अनुसार खामेनीका डाक्टर मोहम्मद मरान्डीलाई एक कार्यक्रममा सोधियो, ‘खामेनी कुनै गम्भीर रोगबाट पीडित थिए? किनकि उनी बम विस्फोटमा नपरेका भए पनि बाँच्ने थिएनन् भनी रिपोर्ट आएका छन्।’
जवाफमा उनले भने, ‘अली खामेनीलाई त्यस्तो कुनै रोग लागेको थिएन। उनलाई कहिल्यै क्यान्सर पनि भएको थिएन।’
डाक्टर मोहम्मद मरान्डीका अनुसार अली खामेनी आफ्नो अन्तिम दिनसम्म पनि स्वस्थ थिए र उनी हरेक हप्ता स्वास्थ्य जाँच गराउँथे।
यद्यपि मानिस उमेरसँगै कमजोर हुँदै जाने कुरा भने उनले स्वीकार गरे।
Shares

प्रतिक्रिया