इरानले अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
इरानले अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्यांकरमा आक्रमण गरेको आरोप लगाएको हो।
इरानले भनेको छ, 'अब बिनाहिचकिचाहट कडा जवाफ दिइनेछ।'
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार, 'खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकी सेनाले आक्रमणकारी, आतंककारी र समुद्री डाकुहरूद्वारा नियन्त्रित जास्क नजिकै इरानी जलक्षेत्रबाट होर्मुज स्ट्रेटतिर जाँदै गरेको तेल ट्यांकरलाई निसाना बनाएको' बताएका छन्।
उनले भनेका छन्, 'फुजैराह बन्दरगाहनजिकै होर्मुज प्रवेश गर्ने अर्को जहाजमा पनि आक्रमण गरिएको छ।'
प्रवक्ताले केही क्षेत्रीय देशहरूको समर्थनमा बन्दर खामिर, सिरिक र केस्म टापुका तटीय नागरिक क्षेत्रमा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन्।
तर आक्रमणमा क्षति वा हताहतको कुनै स्वतन्त्र पुष्टि भएको छैन।
Shares

प्रतिक्रिया