इरानले होर्मुज स्ट्रेटनजिकै रहेका आफ्ना ३० वटा क्षेप्यास्त्र अड्डामा पुनः पहुँच प्राप्त गरेको छ।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर एजेन्सीले इरानले यो महत्त्वपूर्ण समुद्री मार्ग पार गर्ने जहाजहरूलाई फेरि निसाना बनाउन सक्ने अनुमान गरेका छन्।
रिपोर्टअनुसार होर्मुज स्ट्रेटनजिकै इरानका ३३ वटा क्षेप्यास्त्रस्थल छन्। जसमध्ये ३० वटामा इरानले पुनः पहुँच प्राप्त गरेको हो। अब तीन क्षेप्यास्त्रस्थल मात्र बन्द छन्।
गुप्तचर प्रतिवेदनमा भनिएको छ, ‘इरानले यी स्थलभित्र मोबाइल लन्चर प्रयोग गर्न सक्छ। यी लन्चरले क्षेप्यास्त्र अन्य स्थानमा लान तथा प्रहार गर्न सक्छन्।’
रिपोर्टअनुसार केही क्षेप्यास्त्रस्थलमा स्थायी लन्चप्याड पनि छन्, जहाँबाट सिधै क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ।
होर्मुज स्ट्रेट तेल ओसारपसारका लागि विश्वका सबैभन्दा महत्त्वपूर्ण जलमार्गमध्ये एक हो। यो मार्ग भएर विश्वको लगभग २० प्रतिशत तेल ढुवानी गरिन्छ।
इरानले यसअघि नै भनेको छ, ‘आवश्यक परेमा होर्मुज स्ट्रेटबाट तेल ढुवानी रोक्न सक्छौँ।’
Shares

प्रतिक्रिया