अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको शिखर बैठकअघि चीनले आफूहरू वासिङ्टनसँग समानता र सम्मानका आधारमा सहकार्य गर्न इच्छुक रहेको बताएको छ। डोनाल्ड ट्रम्प राजकीय भ्रमणका लागि बुधबार बेइजिङ पुग्दै छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले दुई नेताबीच चीन–अमेरिका सम्बन्ध र विश्वको शान्ति तथा विकासका मुख्यमुख्य विषयमा गहन विमर्श हुने बताए।
‘चीन समानता, सम्मान र पारस्परिक लाभको भावना बोकेर अमेरिकासँग सहकार्य गर्न, विमतिहरूको व्यवस्थापन गर्न र अशान्त तथा परिवर्तनशील संसारमा स्थिरता ल्याउन तयार छ,’ उनले भने।
यात्रामै रहेका ट्रम्पले सीलाई आफूले अझ खुलापन अपनाउन आग्रह गर्ने बताएका छन्। उनको साथमा एक दर्जनभन्दा बढी सीईओहरू छन्। एजेन्सी
69
Shares

प्रतिक्रिया