भारतको उत्तर प्रदेशमा बुधबार आएको तीव्र आँधी र भएको भीषण वर्षाका कारण मृत्यु भएकाको संख्या १०४ पुगेको छ। सबैभन्दा बढी मृत्यु वाराणसी, प्रयागराज र कानपुर डिभिजनमा भएको छ।
उत्तर प्रदेश सरकारको विपद् विभागका विशेष ड्युटी अधिकृत मनोज कुमारले आँधीका कारण अहिलेसम्म १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५२ जना घाइते भएका छन्।
तीव्र गतिको हुरीले रुख र बिजुलीका पोल ढालेका छन्।
ग्रामीण क्षेत्रमा माटोका घर र टिनका छाना र बालीनाली ध्वस्त भएका छन्।
रुख ढलेका कारण धेरै ठाउँमा यातायात अवरुद्ध भएको छ।
195
Shares

प्रतिक्रिया