सोमबार अमेरिकाको सान डिएगोस्थित मस्जिदमा भएको गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ। मारिएकामध्ये एक सुरक्षा गार्ड र दुई जना सन्दिग्ध व्यक्ति पनि छन्।
प्रहरीका अनुसार मारिएका सन्दिग्ध दुवै किशोर छन्। जसमध्ये एकजना १७ वर्षका र अर्का १९ वर्षका छन्।
उनीहरू मस्जिदनजिकै कारमा मृत फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानले उनीहरूले आफैँलाई गोली हानेको देखिएको छ।
घटनाको अनुसन्धान घृणा अपराधको कोणबाट भइरहेको छ।
यद्यपि आक्रमणको उद्देश्यबारे थप विवरण सार्वजनिक गरिएको छैन।
एक प्रत्यक्षदर्शीले सीबीएस न्युजसँग भनेका छन्, "मैले लगभग ३० गोली चलेको सुनेँ। गोलीको आवाजले अर्ध-स्वचालित हतियारबाट प्रहार गरिएकोजस्तो लाग्छ।"
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘भयानक’ भनेका छन्।
उनले भने, ‘मलाई प्रारम्भिक जानकारी दिइएको छ, तर म यसलाई फेरि गम्भीरतापूर्वक हेर्नेछु।’
आक्रमण सान डिएगो काउन्टीको सबैभन्दा ठुलो मस्जिद सान डिएगोको इस्लामिक सेन्टरमा भएको हो।
मस्दिज परिसरमा एउटा विद्यालय पनि छ, जहाँ बालबालिकालाई अरबी भाषा, इस्लामिक विषय र कुरान पढाइन्छ।
Shares

प्रतिक्रिया