ग्लोबल


हर्मुज जलमार्गलक्षित इरानी प्राधिकरणमा अमेरिकाले लगायो प्रतिबन्ध

हर्मुज जलमार्गलक्षित इरानी प्राधिकरणमा अमेरिकाले लगायो प्रतिबन्ध

हर्मुज स्ट्रेट


नेपालखबर
जेठ १४, २०८३ बिहिबार १३:२७, काठमाडौँ

अमेरिकाले इरानको नवस्थापित ‘पर्सिययन गल्फ स्ट्रेट अथोरिटी’ (फारसी खाडी जलडमरु प्राधिकरण) मा प्रतिबन्ध लगाएको छ।

जुन प्राधिकरण हर्मुज स्ट्रेटभित्र र आसपास जहाज आवागमन नियन्त्रण गर्न गठन गरिएको हो। 

यो नयाँ प्रणालीअन्तर्गत हर्मुज स्ट्रेट पार गर्ने जहाजले आफ्ना विषयमा इरानको रिभोलुसनरी गार्डलाई दिनुपर्छ। यसमा जहाज कहाँबाट आयो, के बोकेको छ र यो कहाँ जाँदै छजस्ता जानकारी हुन्छन्। 

इरानले यो मार्ग प्रयोग गर्ने जहाजसँग शुल्क लिने पनि योजना बनाएको छ।

इरानी प्राधिकरणका नियम पालना नगर्ने जहाजलाई हर्मुज मार्गमा प्रवेश गर्न नदिइने चेतावनी इरानले दिएको छ।

तर अमेरिकाले प्रतिबन्ध लगाएपछि यसमा कठिनाइ उत्पन्न भएको समाचार एजेन्सीले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad