ग्लोबल


कतार एयरवेजका दुई विमानबाट अस्ट्रेलिया पुगे ‘आईएस बेहुली’सहित १९ जना

कतार एयरवेजका दुई विमानबाट अस्ट्रेलिया पुगे ‘आईएस बेहुली’सहित १९ जना

एजेन्सी
जेठ १४, २०८३ बिहिबार १४:६, काठमाडौँ

इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्धता रहेका १९ जना महिला तथा बालबालिका कतार एयरवेजका २ उडानमार्फत गृहदेश अस्ट्रेलिया फर्किएका छन्। यो ठूलो समूहले गत हप्ता उत्तरपूर्वी सिरियाको अल–रोज शिविर छाडेको थियो। उद्धार गरिएका उनीहरू कतारको दोहा हुँदै अस्ट्रेलियाको सिड्नी र मेलबर्न लगिएको हो।

एबीसी समाचारका अनुसार कतार एयरवेजको क्यूआर ९०८ नम्बरको उडानमार्फत चार महिला र छ बालबालिका सिड्नी विमानस्थलमा ओर्लिएका थिए। त्यसको केही समयअघि कतारबाटै आएको अर्को उडानमार्फत दुई चर्चित आईएस बेहुली भनिने कर्सटी रोज–इमाइल र कावसार कान्जसहित सात बालबालिका मेलबर्न अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

दोहाबाट अष्ट्रेलिया पुगेका कतार एयरवेजका यी दुवै उडानका यात्रुहरूलाई विमानस्थलबाट बाहिर निस्किने 'अराइभल गेट'भन्दा फरक र सुरक्षित मार्गबाट बाहिर निकालिएको थियो। विमानस्थलमा कतार एयरवेजको विमान अवतरण गरेलगत्तै अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) ले उनीहरूको सामान र डिजिटल उपकरणहरू जाँचबुझका लागि नियन्त्रणमा लिएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आईएसप्रति सहानुभूति राख्नेहरूका लागि सरकारसँग कुनै दयाभाव नरहेको स्पष्ट पारेका छन्।

सिरियाली शिविरबाट उनीहरूलाई मुक्त गराउन लामो समयदेखि पहल गरिरहेका सिड्नीका चिकित्सक जमाल रिफीले भने फर्किएकाहरूमध्ये अधिकांश निर्दोष बालबालिका रहेकाले मानवीय सहायताको आवश्यकता रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad