ग्लोबल


यी २० वर्षीया इजरायली सैनिक, जो भाग्दाभाग्दै मारिइन्

यी २० वर्षीया इजरायली सैनिक, जो भाग्दाभाग्दै मारिइन्

नेपालखबर
जेठ १४, २०८३ बिहिबार २१:०, काठमाडौँ

लेबनन सिमानानजिक हेजबुल्लाहले गरेको ड्रोन हमलामा एक इजरायली सैनिक मारिएका छन्। 

इजरायली सेनाले बिहीबार दिएको जानकारीअनुसार बुधबार सीमास्थित इजरायलतर्फको सैन्य क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा आश्रयस्थलतिर भाग्ने क्रममा इजरायली सैनिक २० वर्षीया सार्जेन्ट रोटेम यानाई मारिएकी हुन्। 

सोही घटनामा एक रिजर्भ सैनिक गम्भीर रूपमा घाइते भएका छन् भने अर्का मध्यम रूपमा घाइते भएका छन्।

इजरायली सेनाले उक्त आक्रमण हेजबुल्लाहको विस्फोटक ड्रोनबाट भएको पुष्टि गरेको छ।

इजरायली सेनाले बुधबार लेबननको जाजानी नदीभन्दा दक्षिणका सबै क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै स्थानीय बासिन्दालाई घर खाली गर्न चेतावनी दिएको थियो।

यसैबिच बिहीबार दक्षिणी लेबननमा रहेको हेजबुल्लाहको स्थानलाई लक्ष्य गरी व्यापक हवाई हमला गरिएको इजरायली सेनाले बताएको छ।

लेबननको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायलले बिहीबार बिहान टायर सहर र यसको पूर्वी भागमा दुईपटक हवाई आक्रमण गरेको हो।

हताहत र क्षतिबारे विस्तृत रिपोर्ट प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad