ग्लोबल


इजरायलको घोषणा: दक्षिणी लेबननको ऐतिहासिक किल्ला कब्जा गर्‍यौँ

इजरायलको घोषणा: दक्षिणी लेबननको ऐतिहासिक किल्ला कब्जा गर्‍यौँ

ब्युफोर्ट किल्लालाई सैन्य दृष्टिबाट धेरै महत्त्वपूर्ण मानिन्छ।


नेपालखबर
जेठ १७, २०८३ आइतबार २०:२४, काठमाडौँ

इजरायलका रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबननस्थित ऐतिहासिक तथा रणनीतिक ब्युफोर्ट किल्ला कब्जा गरिएको दाबी गरेका छन्। यो ठाउँलाई साकिफ पनि भनिन्छ।

रक्षामन्त्री काट्जले दक्षिणी लेबननमा हेजबुल्लाहविरुद्ध इजरायली सेनाको स्थलगत कारबाही विस्तार भइरहेको पनि बताएका छन्।

उनले आफ्नो टेलिग्राम च्यानल र एक्स ह्यान्डलमा लेखेका छन्, ‘ब्युफोर्ट लडाइँको ४४ वर्षपछि र अपरेसन पिस फर ग्यालिली (पहिलो लेबनन युद्ध १९८२) मा मारिएका सैनिकहरूको स्मृति मनाउने दिन आईडीएफ सैनिकहरू फेरि किल्लामा फर्किए र इजरायली झन्डा फहराए।’

इजरायल काट्जले अगाडि भनेका छन्, ‘इजरायली सेनाले लेबननमा आफ्नो कारबाही विस्तार गरेको छ। सेनाले लिटानी नदी पार गरेर ब्युफोर्ट कब्जा गरेको छ।’

इजरायली रक्षामन्त्रीले ग्यालिली क्षेत्रलाई बस्तीहरूको रक्षा र सेनाको सुरक्षा सुनिश्चित गर्ने सबैभन्दा महत्त्वपूर्ण रणनीतिक बिन्दुमध्ये एक भएको उल्लेख गरेका छन्।

इजरायली सेनाद्वारा जारी तस्बिर

बीबीसी फारसी सेवाका अनुसार समाचार एजेन्सी एएफपीले आइतबार बिहान किल्लाको तस्बिर खिचेको छ। जसमा इजरायली सेनाको झन्डा फहराइएको देखिन्छ।

यद्यपि वरपरका क्षेत्रमा गोली चलेको आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो।

उक्त किल्लालाई सैन्य दृष्टिकोबाट धेरै महत्त्वपूर्ण मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad