ग्लोबल


चीन पस्यो शक्तिशाली आँधी ‘बावी’, २० लाख मानिसलाई सारियो सुरक्षित स्थान

चीन पस्यो शक्तिशाली आँधी ‘बावी’, २० लाख मानिसलाई सारियो सुरक्षित स्थान

यसअघि फिलिपिन्समा यस आँधीका कारण आएको पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको थियो।


नेपालखबर
असार २८, २०८३ आइतबार १०:११, काठमाडौँ

शक्तिशाली आँधी ‘बावी’ चीनमा ‘ल्यान्डफल’ (जमिनमा प्रवेश) गरेको छ।

आँधीको सम्भावित खतरालाई ध्यानमा राख्दै यसको बाटोमा रहेका क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चिनियाँ मौसम विज्ञान अधिकारीहरूका अनुसार, बावी पहिलोपटक शनिबार साँझ ताइझोउ सहरमा ल्यान्डफल भएको थियो।

त्यसै रात पछि यो वेन्झोउमा ल्यान्डफल भएको छ। आँधी लगभग हजार किलोमिटर दूरीमा फैलिएको छ।

चीन पुग्नुअघि बावीले जापानका दुर्गम टापुमा असर पारेको थियो भने उत्तरी ताइवानमा भारी वर्षा गराएको थियो। 

यसअघि त्यही आँधीले फिलिपिन्समा पहिरो जाँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो।

बावी कमजोर हुँदै गए पनि यसले बोकेको भारी आर्द्रताले अझै पनि भारी वर्षा र बाढीको जोखिम निम्त्याउँछ।

चीनको मौसम विभागले आँधी उत्तरपश्चिम सर्दै जाँदा बिस्तारै कम हुन सक्ने अनुमान गरेको छ।

अधिकारीहरूले आइतबार पूर्वी झेजियाङ प्रान्त र उत्तरपूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।

कुनै पनि गम्भीर परिस्थितिबाट बच्न बसोबास खाली गरिएको अधिकारीहरूले बताएका छन्।

चीन पुग्नुअघि बावीले जापानका दुर्गम टापुहरूलाई असर गरेको थियो भने ताइवानका उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तबाट १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको छ।

आँधीका कारण झेजियाङमा विद्यालय, कामकाज र बाहिरी गतिविधिमा रोक लगाइएको छ। लगभग ४०० उडान र धेरैवटा रेल सेवा रद्द गरिएका छन्।

चीनको राजधानी बेइजिङमा सावधानीका लागि एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

यो एक हप्ताभित्र चीनमा दोस्रोपटक ठुलो आँधी आएको हो। यसअघि यही हप्ताको सुरुमा मेसाक नामको आँधीले चीनमा ठुलो विनाश गरेको थियो। कम्तीमा ३९ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad