ग्लोबल


एनआरएनए महाधिवेशन काठमाडौंमा सुरु, अध्यक्षमा कुमार र कुल भिड्दै

एनआरएनए महाधिवेशन काठमाडौंमा सुरु, अध्यक्षमा कुमार र कुल भिड्दै

नेपालखबर
असोज २८, २०७६ मंगलबार ३:१८,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज (मंगलबार) काठमाडौंमा सुरु भएको छ ।

सम्मेलन तथा चुनावमा सहभागी हुन विभिन्न देशमा पेसा-व्यवसाय गरेका २५ सय प्रतिनिधि (गैरआवासीय नेपाली) काठमाडौंमा भेला भएका छन्।

होटेल ह्यात रेजेन्सीमा आयोजना हुने विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने तय भएको छ । कार्यक्रममा प्रधानमन्त्रीको समेत उपस्थिति हुने आयोजकले जानकारी दिएको छ।

आजदेखि असोज ३० गतेसम्म चल्ने महावधिवेशनले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयन गर्नेछ।

त्यसका लागि अध्यक्ष पदमा हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्।

अध्यक्ष पदका उम्मेद्वार आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। 

आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ भने पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। 

अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदमा निर्वाचन हुनेछ।

साथै सम्मेलनमा विभिन्न विषयमा अन्तरक्रियासमेत हुनेछ।

सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।

‘म, मेरो एनआर एन ए र मेरो नेपाल’ मूल नारा रहेको विश्व सम्मलेन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुनेछ।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई संघले गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन सहयोग गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad