ग्लोबल


‘मानव तस्करी’ आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान किन ल्याइयो भारत?

‘मानव तस्करी’ आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान किन ल्याइयो भारत?

तस्बिर : एएफपी


नेपालखबर
पुस १०, २०८० मंगलबार ९:५७, काठमाडौँ

मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको २७६ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ। उक्त विमानमा अधिकांश भारतीय थिए।

चार्टर्ड एयरबस ए३४० यूएईबाट निकारागुआका लागि जाँदै थियो। जब इन्धन भर्न फ्रान्समा अवतरण गर्‍यो तब मानव तस्करीको आशंका बढ्यो। विमानलाई गत बिहीबार पेरिसबाट १३० किलोमिटरपूर्व भेत्री विमानस्थलमा रोकियो। 

पेरिसका अभियोजकहरूले विमानमा रहेका केही यात्रुहरू मानव तस्करीको सिकार भएका हुनसक्छन् भनी अधिकारीहरूले अज्ञात सूचना पाएपछि उडान ग्राउन्ड गरिएको बताएका छन्।

विमानमा सवार दुई नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिन इच्छा व्यक्त गरे र फ्रान्समै बसे।

थप अनुसन्धानका लागि फ्रान्समा दुई संदिग्ध तस्करलाई पनि पक्राउ गरिएको छ।

लेजेन्ड एयरलाइन्सको उडान स्थानीय समय अनुसार मंगलबार बिहान मुम्बईमा अवतरण भएको हो। 

विमानमा सवार अधिकांश भारतीय नागरिक यूएईमा कार्यरत थिए। 

उडानलाई निकारागुआको सट्टा मुम्बई किन डाइभर्ट गरियो भन्ने खुल्न नसकेको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad