पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडान अस्थायी रूपमा स्थगन गरेको छ।
कतार एयरवेजले इन्स्टाग्राममा लेखेको छ, 'एयरलाइन्सले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्ने क्रम जारी राख्नेछ।'
एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीका लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्न सल्लाह दिएको छ।
पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख सहर समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्।
सीएनएनलाई दिएको विज्ञप्तिमा एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नभएसम्मका लागि पाकिस्तान उडान स्थगन गरेको र 'केही गन्तव्यहरूका लागि आफ्नो उडान योजनाहरू परिवर्तन गरिरहेको' बताएको छ।
जर्मन एयरलाइन्स लुफ्थान्साले पनि रोयटर्स समाचार एजेन्सीलाई 'अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने' बताएको छ।
यसैबीच भारतले मध्यराति पाकिस्तानमा हवाई हमला गरेको छ।
Shares

प्रतिक्रिया