ग्लोबल


अमेरिका र चीनबीच करमा यस्तो सम्झौता

अमेरिका र चीनबीच करमा यस्तो सम्झौता

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १७:५८, काठमाडौँ

अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्।

अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक कर ११५ प्रतिशत घटाउने बताएका छन्।

स्विट्जरल्यान्डमा भन्सार शुल्कबारे अमेरिका र चीनबीच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौता घोषणा गरिएको हो।

बेसेन्टले वार्तालाई 'उत्पादक र रचनात्मक' भनेका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा भारी भन्सार महसुल लगाएपछि दुई देशबीच भएको यो पहिलो बैठक हो।

ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्म कर लगाएको छ।

यी भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्यायो र विश्वव्यापी मन्दीको डर बढायो।

सहमतिसँगै अब चिनियाँ आयातमा अमेरिकी भन्सार ९० दिनका लागि ३० प्रतिशतमा झर्नेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार १० प्रतिशतमा झर्ने बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad