ग्लोबल


अहमदाबाद दुर्घटनापछि एयर इन्डियाको ‘कमान्ड’ टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनलाई

अहमदाबाद दुर्घटनापछि एयर इन्डियाको ‘कमान्ड’ टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनलाई

नेपालखबर
असार ११, २०८२ बुधबार १०:११, काठमाडौँ

हालै अहमदाबादमा विमान र जमिनका गरी २७० जनाभन्दा बढीको मृत्यु हुने गरी दुर्घटना भएपछि एयर इन्डिया दैनिक सञ्चालनको जिम्मेवारी टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले सम्हालेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार चन्द्रशेखरनले यतिबेला एयर इन्डियाको दीर्घकालीन योजना र सरकारी निकायहरूसँग समन्वयमा ध्यान केन्द्रित गरिरहेका छन्।

एन चन्द्रशेखरन लामो समयदेखि टाटा समूहसँग सम्बन्धित छन् र यो कामका लागि सबैभन्दा उपयुक्त व्यक्ति उनलाई ठानिएको छ। 

चन्द्रशेखरनले विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न ट्रस्ट गठन गर्ने योजनालाई पनि अन्तिम रूप दिइरहेका छन्।

यही जुन १२ तारिख एयर इन्डियाको बोइङ ७८७ विमान अहमदाबादस्थित विमानस्थलबाट उड्नासाथ वस्तीमा खसेको थियो। दुर्घटनामा चालक दलका १२ सदस्यसहित विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो। साथै विमानले लागेर जमिनमा रहेका ३३ जनाको पनि मृत्यु भएको थियो।

एयर इन्डियाले मृतकका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad