ग्लोबल


अमेरिकाका उपराष्ट्रपतिको दाबी: रुसलाई धनी हुन नदिन भारतविरुद्ध भन्सार थप

अमेरिकाका उपराष्ट्रपतिको दाबी: रुसलाई धनी हुन नदिन भारतविरुद्ध भन्सार थप

फाइल तस्बिर : अमेरिकाका उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
भदौ ९, २०८२ सोमबार ११:१७, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारतविरुद्ध भन्सार महसुल लगाउँदा रुसलाई कडा आर्थिक दबाब परिरहेको दाबी गरेका छन्। 

उपराष्ट्रपति भान्सले एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध कर लगाएर रुसलाई कडा आर्थिक दबाब दिएको बताएका हुन्। 

उनले भनेका छन्, ‘उदाहरणका लागि भारतमा दोस्रो कर लगाए ताकि रुस आफ्नो तेल व्यवसायबाट धनी नहोस्।’

यस्तै उपराष्ट्रपति भान्सले राष्ट्रपति ट्रम्पले रुसले हत्या र युद्ध बन्द गर्‍यो भने उसलाई विश्वव्यापी अर्थतन्त्रमा पुन: समावेश गर्न सकिने स्पष्ट पारेको पनि उल्लेख गरेका छन्। 

जेडी भान्सले भनेका छन्, ‘तर रुसले यो रोकेन भने उसले अलगथलग रहनुपर्नेछ। राष्ट्रपति ट्रम्पले यो युद्ध रोक्न रुसमाथि यति धेरै आर्थिक दबाब दिएका छन्, जति बाइडेनले तीन वर्षमा पनि गरेका थिएनन्।’

यसै महिना भारतविरुद्ध २५ प्रतिशत भन्सार लगाएका ट्रम्पले पछि तेल र हतियार खरिद गरेर रुसलाई युक्रेन विरुद्धको युद्धमा मद्दत गरिरहेको भन्दै अर्को २५ प्रतिशत थपे।

थपिएको समेत यो नयाँ दर अगस्ट २७ देखि लागु हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad