ग्लोबल


अहमदाबाद एयर इन्डिया विमान दुर्घटना: बोइङ र हनिवेलविरुद्ध अमेरिकामा मुद्दा

अहमदाबाद एयर इन्डिया विमान दुर्घटना: बोइङ र हनिवेलविरुद्ध अमेरिकामा मुद्दा

जुन १२ तारिख भारतको अहमदाबादमा एयर इन्डिया विमान दुर्घटना हुँदाको तस्बिर


नेपालखबर
असोज २, २०८२ बिहिबार १३:५५, काठमाडौँ

गत जुनमा भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनिवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।

पीडित परिवारले कम्पनीहरूको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै मुद्दा हालेका हुन्। 

मंगलबार दायर मुद्दामा भनिएको छ, ‘खराब इन्धन स्विच दुर्घटनाको कारण थियो र विमानको डिजाइनमा जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कम्पनीहरूले केही गरेनन्।’

गत जुन १२ मा एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान भारतको उत्तरपश्चिमी सहर अहमदाबादमा दुर्घटना भएको थियो।

जसमा परी २६० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा यात्रुबाहेक विमान खसेको ठाउँका १९ जना पनि छन्। दुर्घटनामा एक यात्रु मात्र बाँच्न सफल भएका थिए। 

अनुसन्धान प्रतिवेदनमा विमानको इन्धन स्विच उडान भरेको केही समयपछि नै असफल भएको उल्लेख छ। 

मुद्दामा आरोप लगाइएको छ, ‘७८७ ड्रिमलाइनर र यसका पार्टपुर्जा विकास र बजारीकरण गर्दा दुवै कम्पनीलाई दुर्घटनाको जोखिमबारे जानकारी थियो। ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad