विश्वको २५ प्रतिशत तेल र २० प्रतिशत ग्यास आपूर्ति गर्ने 'स्ट्रेट अफ हर्मूज' अहिले अबरूद्ध छ । जारी अमेरिका–इजरायल र इरान युद्धको क्रममा इरानले यो बाटोबाट तेल तथा ग्यास बोक्ने जहाजहरूको आवत जावतमा प्रतिवन्ध लगाएको छ।
इरानले कुन जहाजलाई बाटो दिने र कुनलाई नदिने भनि छानीछानी अबरोध गरिरहेको छ। विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक भएर पनि, केही ऊर्जा र दैनिक उपभोगका सामानहरू अझै ओसारपसार भइरहेका छन्। तर २८ फेब्रुअरीदेखि सुरु भएको इरान युद्धपछि दैनिक आवागमन करिब ९५ प्रतिशतले घटेको छ।
संयुक्त सामून्द्रिक सूचना केन्द्रको तथ्याङ्क उधृत गर्दै बिबिसिमा प्रकाशिरत रिपोर्ट अनुसार युद्धअघि यो बाटो भएर दैनिक करिब १३८ जहाज पार गर्थे। शिपिङ विश्लेषक केप्लरले दिएको तथ्याङ्क अनुसार यस महिनासम्म जम्मा ९९ वटा जहाजले मात्र यो साँघुरो जलमार्ग पार गरेका छन्, जसको औसत दैनिक ५–६ जहाज मात्र हुन्छ।
यो बाटो भएर पार भएका कुल जहाजहरू मध्ये एक तिहाइ इरानसँग सम्बन्धित भएको देखिएको छ। यीमध्ये १४ जहाज इरानको झण्डामुनि चलेका थिए भने केही जहाजहरू तेहरानको तेल व्यापारसँग सम्बन्ध भएको आशंकामा प्रतिबन्धित छन्।
अरू ९ जहाज चीनसँग सम्बन्धित कम्पनीका स्वामित्वमा थिए भने ६ जहाज भारत गन्तव्यका रूपमा उल्लेख गरिएको थियो। विश्लेषणले केही गैर इरान सम्बन्धित जहाजहरू पनि इरानका बन्दरगाहमा रोकिने गरेको देखाउँछ, जसमा ग्रीक कम्पनीका जहाजहरू पनि छन्।
स्ट्रेट पार गर्ने केही जहाजहरूले सामान्यभन्दा लामो बाटो अपनाएको देखिन्छ। पाकिस्तानको झण्डा बोकेको एक तेल ट्यांकरको ट्र्याकिङ तथ्याङ्क अनुसार, उसले १५ मार्चमा स्ट्रेट पार गर्दा बीचको सामान्य मार्ग प्रयोग नगरी इरानको किनार नजिकैबाट यात्रा गरेको थियो।
अमेरिकी रक्षा अनुसन्धान संस्था रेन्ड कर्पोरेशनका वरिष्ठ अनुसन्धानकर्ता ब्राड्ली मार्टिनका अनुसार, उक्त जहाज सम्भवतः ‘इरानबाट आएको निर्देशन’ अनुसार चलेको थियो। उनका अनुसार यस्तो मार्गले समुद्री माइनको उपस्थितिलाई जनाउन सक्छ वा इरानी अधिकारीहरूलाई जहाज पहिचान गर्न सजिलो बनाउन सक्छ।
सामून्द्रिक सुरक्षा विश्लेषक मिशेल वीजे बोकम्यानका अनुसार जहाजहरूलाई मार्ग परिवर्तन गर्न बाध्य पारेर इरानले तिनीहरूलाई आफ्नो समुद्री क्षेत्रभित्र ल्याइरहेको छ। उनले भनिन्, ‘मेरो निष्कर्ष के हो भने, इरानले आक्रमणको डर र माइनको डर देखाएर स्ट्रेटलाई नियन्त्रण गरिरहेको छ। यसैले सबै जहाजहरू अन्तर्राष्ट्रिय मार्ग प्रयोग नगरी इरानको किनार नजिकैबाट जान बाध्य छन्।’
चार प्रमुख खतरा

युद्ध सुरु भएयता इरानी तट नजिक २० वटा व्यापारिक जहाजमा आक्रमण पुष्टि गरिएको छ, यद्यपि सबै आक्रमण स्ट्रेट नजिकै भएका छैनन्। ११ मार्चमा थाइल्याण्डको झण्डा बोकेको जहाजमाथि हर्मुज पार गर्ने क्रममा दुईवटा प्रहार भयो।
२३ सदस्यीय टोलीमध्ये ३ जना अझै बेपत्ता छन्, सम्भवतः इन्जिन कोठामा फसेका थिए। जहाज मालिकका अनुसार बाँकी सदस्यहरू ‘दुईवटा विस्फोट भएपछि समुद्रमै आतंकित भए।’ त्यही दिन एक ग्रीक स्वामित्वको र अमेरिकी स्वामित्वको जहाजमा पनि आक्रमण भएको थियो।
यसमा एक जनाको मृत्यु भएको थियो र २८ सदस्यीय टोलीले ज्यान जोगाउन पानीमा हाम फाल्नुपरेको थियो। यो मार्ग भएर हिंड्ने जहाजलाई ड्रोन, क्षेप्यास्त्र, मानवरहित डुंगा र समुद्री माइनको आक्रमणबाट आतंकित पारिएको छ। क्षेप्यास्त्रहरू तटीय क्षेत्रबाट प्रहार हुने गरेका छन्।
किङ्स कले फ्रिम्यानका एयर एण्ड स्पेस इन्स्टीच्यूटका अनुसन्धानकर्ता अरुण डासनका अनुसार यस्ता मिश्रित खतरा निकै जटिल हुन्छन्। ‘माइन हटाउने परम्परागत विधि निकै ढिलो हुन्छ, र त्यही बेला हवाई र सतहबाट आक्रमण भइरहेको भए काम झनै कठिन हुन्छ।’
Shares

प्रतिक्रिया