ग्लोबल


अमेरिकामा १५० वर्ष पुरानो नियम फेरेर २५० डलरको नोटमा ट्रम्पको तस्बिर राख्ने तयारी

अमेरिकामा १५० वर्ष पुरानो नियम फेरेर २५० डलरको नोटमा ट्रम्पको तस्बिर राख्ने तयारी

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार २०:९, काठमाडौँ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्र भएको २५० डलरको नोट जारी गर्ने तयारी सुरु भएको छ।

ट्रम्प प्रशासनका अनुसार यदि कंग्रेस (संसद्) ले कानुन परिवर्तन गर्‍यो भने नयाँ नोट छाप्ने बाटो खुल्नेछ।

अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले भने, ‘अमेरिकामा हाल नोटमा जीवित व्यक्तिको तस्बिर छाप्न नपाइने नियम छ। यो नियम परिवर्तन गर्ने प्रयास भइरहेको छ।’

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार ह्वाइट हाउसको ब्रिफिङ ट्रम्पको तस्बिर भएको नोट छाप्न लागिएको जानकारी दिए।

यदि प्रस्ताव पारित भयो भने ट्रम्प १५० वर्ष भन्दा बढी समयपछि अमेरिकी नोटमा चित्रित हुने पहिलो जीवित व्यक्ति हुनेछन्।

वासिङगटन पोस्टको रिपोर्टअनुसार ट्रम्प प्रशासनले अमेरिकी मुद्रा छाप्ने एजेन्सी ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ (बीईपी) लाई नयाँ नोट डिजाइन गर्न निर्देशन दिएको छ। 

प्रस्तावित डिजाइनमा नोटको बिचमा ट्रम्पको तस्बिर राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad