ग्लोबल


जो पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परिन्

जो पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परिन्

ज्योति मल्होत्रा


नेपालखबर
जेठ ४, २०८२ आइतबार २१:२०, काठमाडौँ

पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा हरियाणा र पन्जाब प्रहरीले यस हप्ता पक्राउ गरेकाहरूमा हरियाणाकी ट्राभल भ्लगर तथा युट्युबर ज्योति मल्होत्रा ​​पनि एक हुन्। 

हरियाणा प्रहरीका अनुसार ज्योति मल्होत्राका मोबाइल र ल्यापटपबाट केही शंकास्पद सामग्री फेला परेका छन्।

उनीविरुद्ध आधिकारिक गोपनीयता ऐन र भारतीय दण्ड संहिता (बीएनएस) को धारा १५२ (भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने कार्यहरू) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पक्राउ परेदेखि नै ज्योतिको पाकिस्तान भ्रमणबारे धेरै छलफल भएको छ। साथै उनको अर्को भिडिओ पनि फेला परेको छ, जुन गत वर्ष भारतस्थित पाकिस्तानी उच्चायोगको डिनर पार्टीको हो।

भारतस्थित पाकिस्तानी उच्चायोगको डिनर पार्टीमा ज्योति मल्होत्रा

उनको युट्युब च्यानलमा ३.७९ लाखभन्दा बढी सब्सक्राइबर छन् र इन्स्टाग्राममा उनका १.४० लाख फलोअर्स छन्। फेसबुकमा उनका ३.२२ लाख फलोअर्स छन्।

ज्योति मल्होत्रा आफ्नो च्यानलमा देशभित्र र विदेशमा गरेका यात्राका भिडिओ अपलोड गर्छिन्। हालसम्म उनको च्यानलमा ४०० भन्दा बढी भिडिओ अपलोड भइसकेका छन्।

उनले आफ्नो च्यानलमा देशका विभिन्न राज्यमा गरेका यात्रादेखि विदेश यात्रासम्मका धेरै भिडिओ पोस्ट गरेकी छन्।

आफ्ना भिडिओ ज्योतिले घुमेका ठाउँबारे दर्शकलाई विविध जानकारी दिन्छिन्।

उनले इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्यान्ड, भुटान, नेपाल र चीन भ्रमण गरिसकेकी छन्, जसका भिडिओ उनको च्यानलमा उपलब्ध छन्।

ज्योति मल्होत्राले नेपाल भ्रमण गर्दाको तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad