ग्लोबल


अभिनेता विजयले पुर्‍याए बहुमत, तमिलनाडुको मुख्यमन्त्री बन्ने निश्चित

अभिनेता विजयले पुर्‍याए बहुमत, तमिलनाडुको मुख्यमन्त्री बन्ने निश्चित

अभिनेता तथा टीभीके प्रमुख थालापति विजय


नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार २१:४५, काठमाडौँ

अन्तत: अभिनेतासमेत रहेका तमिलगा भेट्री कजगम (टीभीके) का प्रमुख थालापति विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

उनले सरकार गठनका लागि ११८ सांसद (विधायक) को समर्थन जुटाएर तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले टीभीके, कांग्रेस, सीपीआई, सीपीआई (एम) र भीसीकेका गरी कुल ११८ विधायकको समर्थनपत्र शुक्रबार राज्यपालसमक्ष बुझाएका हुन्। जसलाई राज्यपाल अर्लेकरले अनुमोदन गरेका छन्।

अब विजयले शनिबार मुख्यमन्त्री पदको शपथ लिने सम्भावना छ। 

तमिलनाडु विधानसभाका २३४ सिटमध्ये विजयको पार्टी टीभीकेले १०८ सिट जितेको थियो। तर विजयले दुई स्थानमा जितेका सिट पनि यसमा समावेश भएकाले एउटा छाड्नुपर्नेछ।

जसले गर्दा टीभीकेका कुल विधायकको संख्या १०७ मात्र हो।

यसमा कंग्रेसका ५ र सीपीआई, सीपीआई (एम) र भीसीकेका २-२ विधायक मिलाएर विजयले बहुमत पुर्‍याएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad