ग्लोबल


अमेरिकी दबाबमा ली का सिङले पानामाको बन्दरगाह बेचेपछि चीन क्रुद्ध

अमेरिकी दबाबमा ली का सिङले पानामाको बन्दरगाह बेचेपछि चीन क्रुद्ध

नेपालखबर
चैत ५, २०८१ मंगलबार १५:१५,

हङकङका धनाढ्य ली का सिङको सीके हचिसन होल्डिङ्स लिमिटेडले पानामाको बन्दरगाह सहित विदेशमा रहेका ४३ बन्दरगाह बेचेकोमा बेइजिङ क्रुद्ध भएको छ। अमेरिकी दबाबमा पानामा नहरस्थित बन्दरगाह लीले बेचेका हुन्।

चिनियाँ अधिकारीहरूले यो बिक्रीको छानबिन थालेको बताइएको छ। स्टेट एड्मिनिस्ट्रेसन अफ मार्केट रेगुलेसनसहित अनेकौँ चिनियाँ एजेन्सीहरूले यो बिक्रीमा कानुनको सम्भावित उल्लंघनबारे अनुसन्धान थालेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहर कब्जा गर्ने धम्की दिएपछि ब्ल्याकरक इंक नेतृत्वको समूहले सीके हचिसनद्वारा सञ्चालित ४३ वटा बन्दरगाह किन्ने सम्झौता गरेको हो। यसका लागि सीके हचिसनले १९ अर्ब डलर प्राप्त गर्ने छ। 

यद्यपि, चीनले सम्झौता रोक्न कुनै कदम चालिहाल्ने टुंगो भने नलागेको जानकारहरू बताउँछन्। यति ठूलो सम्झौतामा नियामकहरूको आँखा पर्नु स्वाभाविक भएको उनीहरूको भनाइ छ।

छानबिनमा परेको खबरपछि सीके हचिसनको सेयर मंगलबार दिउँसोसम्ममा करिब ५ प्रतिशतले घटेको छ। 

गतसाता बेइजिङ समर्थक पत्रिका कुङ पाओले लीको कम्पनी अमेरिकी दबाबसामु ‘लम्पसार परेको’ टिप्पणी गरेको थियो। 

हङकङका सरकारी अधिकारीहरूले पनि सो सम्झौताको आलोचना गरेका छन्। प्रमुख कार्यकारी जोन ली का च्युले मंगलबार यो सम्झौतामा हङकङको कानुन पूर्णरूपमा पालना हुनुपर्ने बताएका छन्।

२०१७ सम्म हङकङको प्रमुख कार्यकारी रहेका ल्युङ चुन यिङले ली का सिङको नाम नलिई आफ्नो मातृभूमिलाई सहयोग नगर्ने व्यवसायीहरू अरुबाट हेपिने अनाथसमान हुने बताएका छन्। ल्युङ अहिले चीनको सल्लाहकार समितिका उपाध्यक्ष छन्। 

यद्यपि, सीके हचिसनको आम्दानीको १२ प्रतिशत हिस्सा मात्र चीन र हङकङबाट आउने हुनाले सो कम्पनीलाई ज्यादा दबाब नपर्ने विश्लेषण पनि गरिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad